संस्थागत लगानीकर्ता बढे पुँजी बजारको यात्रा उज्जवल छ: सिइओ आचार्य
काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पूर्ण प्रसाद आचार्यले संस्थागत लगानी बर्ता बढे पुँजी बजारको यात्रा उज्जवल रहेको बताए ।
धितोपत्र ब्रोकर एसोसिएसन नेपालद्वारा विश्व लगानी सप्ताह २०२३ सन्दर्भमा आयोजित हाल पुँजी बजारमा देखिएका समस्या तथा समाधान विषयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले पुँजी बजारका संचरना वृद्धि हुँदै गएको बताए । प्रविधिमा समेत सिडीएस निकै सक्रिय रहेको सिइओ आचार्ययले बताए । उनले भने,– ‘पुँजी बजारका संरचना वृद्धि हुँदै गएको छ । प्रविधिमा सिडिएस समेत सक्रिय छ । संस्थागत लगानीकतर्ता बढे पुँजी बजारको यात्रा उज्जवल छ ।’
उनले हाल ५९ लाख ५० हजार डिम्याट खाता संचालनमा रहेको जानकारी गराए । यद्यपि, ति मध्ये १५/२० हजार खातामा भने एक कित्ता सेयर पनि नभएको उनको भनाई छ । डिम्याट खाता नविकरण बारे अध्ययन गर्ने आचार्यले बताए ।













