२१ श्रावण २०८३, बिहिबार

‘बैद्य इनर्जी’ले नेपाल ल्यायो एथर इलेक्ट्रीक, मोविलीटीको क्षेत्रमा नयाँ क्रान्ति



काठमाडौं । बैद्य् अर्गनाइजेशनको सहायक कम्पनी ‘बैद्य इनर्जी’ले भारतीय इलेक्ट्रीक स्कुटर कम्पनी एथर इनर्जीका उत्पादन नेपालमा बिक्री सुरु गर्न लागेको छ । भारतकै सर्वाधिक सफल र चर्चित इलेक्ट्रीक स्कुटर निर्माता एथरका उत्पादन नेपालमा छिट्टै उपलब्ध गर्न लागिएको हो ।

बैद्य्ज अर्गनाइजेशनले सधैं गुणस्तरिय उत्पादन ल्याउने र उपभोक्तालाई अलग अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ । त्यहि लक्ष्य अनुसार कम्पनीले नेपालमा विश्वकै सफल कार ब्राण्ड टोयोटाका उत्पादन विगत ५६ वर्षदेखि बिक्री गर्दै आएको छ ।
एथरले आफ्ना उत्पादन विश्व बजारमा लाने रणनीति बनाए अनुसार आफ्नो सर्वाधिक बिक्री हुने फ्ल्यागशिप मोडल ‘४५० एक्स‘ नेपालमा सार्वजनिक गर्नेछ । कम्पनीले नेपालमा एथर स्पेश निर्माण गर्नेछ । जहाँ नयाँ अनुभव प्रदान गर्न सक्ने किसिमका रिटेल आउटलेट र फास्ट चार्जिङ नेटवर्क पनि निर्माण हुनेछन् ।

एथरको सफल मोडल ‘४५० एक्स’ दुई फरक ब्याट्री अप्सनमा नेपालमा उपलब्ध हुनेछ । जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको दुई ब्याट्री रहने छन् । ग्राहकले आफ्नो आवश्यकता अनुसारको भर्सन छनोट गर्न सक्नेछन् ।

एथर ‘४५० एक्स’ अविश्वसनिय फिचरको कारण चर्चामा रहेको इलेक्ट्रीक स्कुटर हो । यसमा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप जोडिएको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन् । यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा रहेको छ ।

भारतीय बजारमा निकै सफल हुँदै गएको ‘४५० एक्स’लाई सिंगल चार्जमा १४६ किलोमिटरसम्म गुडाउन सकिने छ । न्यू इनर्जी भेहिकलको क्षेत्रमा विश्व अटोमोवाइल क्षेत्र अगाडि बढिरहेको समयमा हामीले भारतकै प्रतिष्ठित इलेक्ट्रीक ब्राण्ड एथरको आधिकारीक वितरण पाएको सीईओ सूर्यान्स बैद्यले बताए । यसलाई बस्तु वितरणको अधिकार मात्र नभई फ्यूचर मोविलीटीको क्षेत्र अग्रणी भूमिका निर्वाह गर्ने मौकाको रुपमा लिएका सीइओ बैद्यले बताए । उनले भने,–‘हामी सधैँ नविन खोज, उत्कृष्ट डिजाइन र त्योभन्दा पनि बढी सुरक्षा र टेक्नलोजीमा विश्वास गर्छौ । त्यसले हाम्रा उपभोक्तालाई अविश्वसनीय अनुभव प्रदान गराउने छ । त्यसमा एथरका उत्पादनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हाम्रो विश्वास छ ।’

बैद्य इनर्जी र एथर इनर्जी बीच भएको सहकार्यले नेपालमा पनि दिगो यातायातमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा लिएको उनको भनाई छ । ‘हामी गतिसिलतासँगै मानव जीवन आनन्ददायी र रोमान्चक हुने कुरामा विश्वास गर्छौ । एथर इनर्जीसँगको सहकार्यबाट हामी प्रिमियम मोविलीटी सोलुसन नेपालमा उपलब्ध गराउन सक्षम हुनेछौं । कटिङ एज टेक्नलोजीमा आधारित इलेक्ट्रीक भेहिकलले नयाँ लेवलको अनुभव प्रदान गराउने छौं’–सीइओ बैद्यले भने,–‘हामी प्रोडक्ट बिक्रीलाई मात्रै प्राथमिकतामा राख्दैनौं । हाम्रो विगतले पनि यसलाई पुष्टि गर्छ । त्यसैले नयाँ उत्पादनसँगै सर्भिस र अन्य पूर्वाधार निर्माणमा काम छौं । साथै, ग्राहकलाई दुई पाङ्ग्रे साधनमा अलग अनुभव प्रदान गर्नेछौं ।’

नेपालमा यथर इनर्जीको उत्पाधन बिक्री बितरण गर्न लागेको बारे जानकारी दिदै एथर इनर्जी भारतका प्रबन्धक तरुण मेहत्त र स्वपनिल जेनले भने,–‘अन्तराष्ट्रीय बजारमा प्रवेश गर्यो त्यो प्रवेश बिन्दु नेपाल भयो । त्यसमा हामी निकै खुशी छौं । क्लीन इनर्जी मा नेपालले जुन किसिमको सफलता हासील गरेको छ ।’

त्य क्लीन इनर्जी बाट संचालन हुनु यथरका बिद्युतिय साधन आगामी नोभेम्बर (कार्तिक) बाट उपलव्ध गराउने जानकारी गराए । अटो मोबाइल भविष्यमा नेपाल कै पुरानो र प्रतिष्ठीत कम्पनी संग मिलेर हाम्रा उत्पादन नेपालमा उपलव्ध हुंदा ग्राहकहरुले उत्कीष्ट सेवा पाउनेमा विश्वास व्यक्त गरे । एथर इनर्जी एक प्रख्यात हाईपफर्मेन्स इलेक्ट्रीक स्कुटर उत्पादन गर्ने कम्पनी हो । यसको स्थापना नै नवीनतम र श्रेष्ठ डिजाइन मार्फत प्रयोगकर्तालाई आकर्षक फाइदा प्रदान गर्ने रहेको छ ।

नेपाली बजारमा उच्च गुणस्तरका विद्युतीय साधनको माग दिन दिनै बढ्दै गएको समयमा एथरका प्रोडक्टले ग्राहकलाई ठूलो फाइदा पुग्ने कम्पनीले विस्वास लिएका छ । ‘विद्युतीय साधनले इन्धनमा हुने धेरै परिमाणको खर्च कटौती गर्छ । एकदमै कम मेन्टीनेन्स खर्च, इफिसीयन्ट र तिब्र गतिमा चलाउन सकिने यसको मुख्य विशेषता हुन्’–कम्पनीले भन्यो ।