सांग्रिला डेभलपमेन्ट बैंकद्वारा महिला बाइक राइडरहरुलाई स्वागत
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा महिला बाइक राइडरहरुलाई स्वागत
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले समय समयमा विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएको छ । सोहि अन्र्तगत असोज २३ गते का दिन ‘Stop Sexual Voilence’ भन्ने नारा बोकी सो सम्बन्धी जनचेतना फैलाउने उद्देश्यका साथ भारतबाट सन् २०२३, अक्टोबर १ का दिन मोटरसाइकलमा नेपाल आएका दुई महिला बाइक राइडरलाई बैंकको केन्दि«य कार्यालय बालुवाटार काठमाडौंमा स्वागत गरेको हो ।
सो स्वागत कार्यक्रममा बैंकका अध्यक्ष उज्जल सत्याल, प्रमुख कार्याकारी अधिकृतसुयोग श्रेष्ठ र बैंकका संस्थापक सेयरधनी हेमन्त कुमार प्रसादहरुद्वारा भारतबाट नेपाल आएका बाइक राइडर द्वय स्वाती आर र अनिता एम को एक कार्यक्रम वीच स्वागत गरेको हो ।
यस स्वागत कार्यक्रमले Stop Sexual Voilence भन्ने नारा बोकेर हिडेका उक्त बाइक राइडरलाई प्रेरणा मिल्ने र सो सन्देशले नेपालमा समेत जनचेतना फैलाउने विश्वास बैंकले लिएको छ ।













