कात्तिक १ गतेदेखि नबिल ब्यालेन्स्ड फण्ड–२ ले लाभांश वितरण गर्ने
काठमाडौँ । नबिल ब्यालेन्स्ड फण्ड–२ ले आफ्ना कात्तिक १ गतेदेखि लाभांश वितरण गर्ने भएको छ । फण्डले इकाइधनीहरुलाई नगद लाभांश वितरण गर्ने हो।
फण्डको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइधनीहरुलाई खाता अद्यावधिक गराउन भनेको छ । हालसम्म हितग्राही खाता नखोलेकाले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ ।
खाता अद्यावधिक गरेपछिमात्र लाभांश जम्मा हुने नबिल इन्भेष्टमेन्टले जनाएको छ ।













