प्रतिकित्ता २८५ रुपैयाँमा नै नेपाल पुनर्बिमा कम्पनीको सेयर किन्ने आज अन्तिम दिन
प्रतिकित्ता २८५ रुपैयाँमा नै नेपाल पुनर्बिमा कम्पनीको सेयर किन्ने आज अन्तिम दिन
काठमाडौँ । नेपाल पुनर्बिमा कम्पनीले सेयरमा आवेदन दिने आज अर्थात असोज २६ गते अन्तिम दिन रहेको छ । कम्पनीले स्ंस्थापक समूह तर्फको पाँच लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरका लागि न्यूनतम २८५ रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्ने चाहने इच्छुक कम्पनीका संस्थापक सेयरधनी वा अन्य जो कोहि ब्यक्ति तथा संघसस्थाले आवश्यक कागजात संकलन गरी बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, थापाथली काठमाडौंमा आवेदन दिन सकिनेछ ।













