नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आठ लाख कित्ता सेयर बिक्रीमा
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आठ लाख कित्ता सेयर बिक्रीमा
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ८ लाख १६ हजार ७३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असोज २६ गते) ले ३५दिन भित्र बैंकको केन्द्रीय कार्यालय, दरवारमार्ग काठमाडौँमा आवदेन दिन सक्नेछन् ।
तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।













