२०.५३ प्रतिशत लाभांश पारितका लागि एभरेष्ट बैंकको साधारण सभा भोलि
२०.५३ प्रतिशत लाभांश पारितका लागि एभरेष्ट बैंकको साधारण सभा भोलि
काठमाडौँ । एभरेष्ट बैंकले वार्षिक साधारण सभा भोलि अर्थात असोज ३० गते बस्दैंछ। सभा लैनचौर बेंक्वेट, लैनचौर काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनस र १०.५३ प्रतिशत नगद (कर प्रयोजनसहित) गरी कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १६ गते बुक क्लोज गरेको हुँदा असोज १५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।













