आरविवि मर्चेन्ट बैंकिङ्गको साधारण सभा सम्पन्न, १३.१६ प्रतिशत लाभांश पारित
आरविवि मर्चेन्ट बैंकिङ्गको साधारण सभा सम्पन्न, १३.१६ प्रतिशत लाभांश पारित
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सञ्चालक समितिका अध्यक्ष देवेन्द्र रमण खनालको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभाले आ.व. २०७९÷०८० को नाफाबाट कम्पनीको चुक्ता पुँजीको १३.१६ प्रतिशत नगद लाभाशं(कर सहित) पारित गरेको छ ।
साथै, सभाले आ.व. २०७९÷०८० को वार्षिक प्रतिवेदन,वित्तीय विवरणहरु र आ.व. २०८०÷८१ को बाह्रय लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताबहरु पारित गरेको छ ।













