९ श्रावण २०८३, शनिबार

सरकारले नै मुसहर, दुसाद लगायतका सीमान्तकृत बर्गको बीमा गरिदिन आवश्यक छ: अध्यक्ष सिलवाल



काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेश सरकारले सीमान्तकृत वर्गको बीमा गरिदिन आवश्यक रहेको बताए ।

मधेश प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया एवम् छलफल कार्यक्रम अध्यक्ष सिलवालले यस्तो बताएका हुन् । उनले सरकारबाट नै मुसहर, दुसाद लगायतका सीमान्तकृत बर्गको बीमा गरिदिने कार्य शुरू गर्न आग्रह गरे । प्रदेश बीमा नीति ल्याउन र आर्थिक सहायताका लागि छुट्याइएको बजेटबाट केही रकम बीमामा रूपान्तरण गरी प्रदेश सरकारबाट नै मुसहर, दुसाद लगायतका सीमान्तकृत बर्गको बीमा गरिदिने कार्य शुरू गर्न आग्रह गरेका हुन् ।

अध्यक्ष सिलवालले सबै नागरिकको वित्तीय जोखिमको दायित्व सरकारले लिन नसक्ने भएकाले बीमाका माध्यमबाट वित्तीय जोखिमको दायित्व बीमा कम्पनीमा हस्तारण गर्नुपर्ने बताए । बीमा गरेपछि विपद् लगायतका कारणबाट क्षति भएमा बीमा कम्पनीबाट नै क्षतिपूर्ति हुने उनले जानकारी गराए ।

अध्यक्ष सिलवालले प्रदेश सरकारले ल्याएको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमका लागि विनियोजित रकमबाट छोरीहरूको बीमा गरेमा बचतका साथसाथै बीमा समेत हुने उल्लेख गरे । छोरी बीमाको मोडालिटी तयार गर्नका लागि आवश्यक सहयोग गर्न प्राधिकरण तयार रहेको जानकारी दिए ।

कार्यक्रममा प्रदेश सरकारका तर्फबाट मुसहर र दुसाद जातीको नि:शुल्क बीमा गरिदिनका लागि आवश्यक कानूनी व्यवस्था गर्न प्रक्रिया अगाडि बढाइएको जानकारी दिइएको थियो ।


प्रतिक्रिया दिनुहोस्