११ श्रावण २०८३, सोमबार

सिद्धार्थ बैंकको साधारण सभा मंसिर ५ गते, लाभांश पारित मुख्य एजेण्डा

सिद्धार्थ बैंकको साधारण सभा मंसिर ५ गते, लाभांश पारित मुख्य एजेण्डा



काठमाडौँ । सिद्धार्थ बैंकले वार्षिक साधारण सभा मंसिर ५ गतेका लागि बोलाएको छ । सभा आम्रपाली ब्यांकेट बालुवाटार काठमाडौँमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट करसहित प्रस्ताव गरेको ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त सभाले पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २१ गते बुक क्लोज गर्ने भएको हुँदा कात्तिक २० गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।