११ श्रावण २०८३, सोमबार

१०१ रुपैयाँमा नै कुमारी बैंकको सेयर किन्ने मौका

१०१ रुपैयाँमा नै कुमारी बैंकको सेयर किन्ने मौका



काठमाडौँ । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको पाँच लाख ३० हजार कित्ता सेयर लिलामीमा ल्याएको हो ।

उक्त सेयरको न्यूनतम मूल्य १०१ रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

सेयरमा कम्पनीका संस्थापक सेयरधनी सहित अन्य व्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी कात्तिक २० गते भित्र बिक्री प्रबन्धक कुमारी क्यापिटल, नक्साल काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।