डिम्याट खाता नविकरण गर्ने ज्योति विकास बैंकको आग्रह
डिम्याट खाता नविकरण गर्ने ज्योति विकास बैंकको आग्रह
काठमाडौँ । ज्योति विकास बैंकले डिम्याट खाता नविकरण गर्ने अनुरोध गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै बैंक मार्फत डिम्याट खाता खोलेका सम्पूर्ण ग्राहकहरुलाई डिम्याट खाता नविकरण गर्ने भनेको हो ।
कम्पनीबाट डिम्याट खाता खोल्नुभई नविकरण गर्न बाँकी सम्पूर्ण ग्राहकहरुले प्र्रत्येक आर्थिक वर्षमा वार्षिक खाता संचालन गरे बापत बुझाउनु पर्ने शुल्क बुझाउन भनेको हो । नवितरण शुल्क बैंकका शाखाहरु, कनेक्ट आइपीएस, इसेवा, खल्ती, आइएमई पे मार्फत मंसिर १५ गते भित्र बुझाउन कम्पनीले भनेको छ।
तोकिएको अवधिमा शुल्क भुक्तानी नगरेको खण्डमा खाता फ्रिज गरिने कम्पनीले जनाएको छ ।













