११ श्रावण २०८३, सोमबार

लुम्बिनी विकास बैंकको सेयर बिक्रीमा, क–कस्ले दिने आवेदन ?

लुम्बिनी विकास बैंकको सेयर बिक्रीमा, क–कस्ले दिने आवेदन ?



काठमाडौँ । लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३७ लाख ३१९ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (कात्तिक १५ गते) ले ३५ दिन भित्र बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौँमा आवेदन दिन सकिनेछ ।

तोकिएको अवधिमा सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।