११ श्रावण २०८३, सोमबार

बैंकिङ्ग कारोबारबारे सिटिजन बैङ्कको जनचेतनामुलक भिडियो सार्वजनिक (भिडियोसहित)

बैंकिङ्ग कारोबारबारे सिटिजन बैङ्कको जनचेतनामुलक भिडियो सार्वजनिक (भिडियोसहित)



काठमाडौँ । सिटिजन्स बैङ्क इन्टरनेशनल लिमिटेडले बैंकिङ्ग कारोबार गर्दा ध्यान दिनु पर्ने जनचेतनामुलक भिडियो सार्वजनिक गरेको छ । बैङ्कले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग कारोबार गर्दा ध्यान दिनुपर्ने कुरालाई मध्यनजर गर्दै उक्त भिडियो सार्वजनिक गरेको हो । 

डिजिटल मोनिले पैसाको कारोबार गर्ने सजिलो बनाएसँगै सुरक्षित पनि हुनु पनि आवश्यक रहेको भिडियोमा भनिएको छ । अनलाइन बैंकिङ्ग लिनुभन्दा अगाडि यस्का विषयमा सबै जानकारीका साथै बैङ्कको आधिकारिक वेबसाइटबाट मात्रै प्रयोग गर्ने र आधिकारिक एप मात्र डाउनलोड गर्ने बैङ्कले भनेको छ । 

साथै, अनलाइन बैंकिङ्ग  प्रयोग गर्ने ल्यापटप, मोबाइल वा कुनै पनि ग्याजेटलाई पासवर्ड, पिन, प्याटनले अनिवार्य रूपमा लक गर्ने पर्ने छ । अनलाइन बैंकिङ्गको लागि बलियो पासवर्ड राख्ने वा बेला बेला परिवर्तन गर्ने समेत बैङ्कले भनेको छ । कुनै किसिमले एटिएम कार्ड हराएमा बैङ्कमा फोन गरी ब्लक गर्ने लगाउन बैङ्कले अनुरोध गरेको छ । 

बैङ्कका कर्मचारीहरूले अनलाइन मार्फत कुनै पनि किसिमका कोड, पिन तथा व्यक्तिगत विवरण नमाग्ने जनाएको छ । 

हेर्नुहोस् भिडियोः