९ श्रावण २०८३, शनिबार

तीन महिनामा हिमालयन एभरेष्टको नाफा ५ करोड माथि, बीमा कोषको आकार साढे ४ अर्ब पुग्यो



काडमाडौं । हिमालयन एरभेष्ट इन्स्योरेन्स कम्पनीको खुद नाफा दोहोरो अंकले वृद्धि भएको छ । कम्पनीले शुक्रबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो।

विवरण अनुसार तीन महिनामा कम्पनीले ५ करोड ३४ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको पहिलो त्रैमासको तुलनामा १७.८९ प्रतिशतले बढी हो । गत आवको पहिलो त्रैमासमा भने कम्पनीले ४ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आम्दानी १९ करोड २५ लाख रुपैयाँ रहेको छ । यद्यपि, यो गत आवको पहिलो त्रैमासको तुलनामा भने १३.५७ प्रतिशतले कमी हो ।

तर, कम्पनीको कमिसन आम्दानी, लगानी तथा कर्जाबाट हुने आम्दानी भने वृद्धि भएको छ । समिक्षा अवधिमा कम्पनीको कमिसन आम्दानी १७.१८ प्रतिशतले बढेर ८ करोड ७२ लाख रुपैयाँ पुगेको छ । यस्तै, लगानी तथा कर्जाबाट आम्दानी १५.४८ प्रतिशतले वृद्धि भई ९ करोड २३ लाख रुपैयाँ कायम भएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको कमिसन आम्दानी ७ करोड ४४ लाख र लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ७ करोड ९९ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार रुपैयाँ रहेको छ । बिमा कोषको आकार पनि ९.८९ प्रतिशत अर्थात् ३६ करोड १७ लाख रुपैयाँले बढेर ४ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । रिटेन्ड अर्निङ शीर्षकमा १ अर्ब ६२ अर्ब २० करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी ३२ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्म आइपुग्दा कम्पनी प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३० पैसा र प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ २५ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्