यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.५० प्रतिशत रहेको छ ।
आयात १.७ प्रतिशतलेबढेको, निर्यात २.३ प्रतिशतलेघटेकोर कुल वस्तु व्यापार घाटा २.१ प्रतिशतले बढेकोछ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३०.० प्रतिशतले र अमेरिकी डलरमा २५.९ प्रतिशतले बढेको छ ।
साथै, शोधनान्तर स्थिति रु.९९ अर्ब ७ करोडलेबचतमा रहेको छ भने कुल विदेशी विनिमय सञ्चिति रु.१,६४३ अर्ब ९ करोड र अमेरिकी डलरमा १२ अर्ब ३३ करोड रहेको छ । नेपाल सरकारको खर्च २८० अर्ब ५७ करोड र राजस्व परिचालन २१९ अर्ब १२ करोड रहेको छ ।













