हालसम्म कै बढी लाभांश पारितका लागि युनिलिभर नेपालले बोलायो साधारण सभा
हालसम्म कै बढी लाभांश पारितका लागि युनिलिभर नेपालले बोलायो साधारण सभा
काठमाडौँ । युनिलिभर नेपालले ३०औं वार्षिक साधारण सभा मंसिर २६ गतेका लागि बोलाएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको लाभांश पारित गर्ने मुख्य एजेण्डा बनाएको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ५८० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। उक्त लाभांश अहिलेसम्म कैं बढी हो ।
लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १२ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको हुदाँ मंसिर ११ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग र लाभांश प्राप्त गर्ने सक्नेछन् ।













