१० श्रावण २०८३, आइतबार

सूर्योदय वोमी लघुवित्तको साढे ६० हजार कित्ता सेयर बिक्रीमा

सूर्योदय वोमी लघुवित्तको साढे ६० हजार कित्ता सेयर बिक्रीमा



काठमाडौँ । सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनले संस्थापक समूह तर्फको ६० हजार ६१७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीको सेयर खरीद गर्ने चाहने विद्यमान संस्थापक सेयरधनीहरूले आवश्यक कागजात संकलन गरी आगामी ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय ललितपुर तथा शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौँमा आवेदन दिन सक्नेछन् ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा कम्पनीको शेयर विक्रीमा आउनेछ ।