नबिल बैंकले पुष १३ गते बोलायो साधारण सभा, लाभांश पारित मुख्य एजेण्डा
नबिल बैंकले पुष १३ गते बोलायो साधारण सभा, लाभांश पारित मुख्य एजेण्डा
काठमाडौँ । नबिल बैंकको ३९औं वार्षिक साधारण सभा पुष १३ गतेका लागिका लागि बोलाएको छ । कम्पनीको मंसिर १४ गते बसेको संचालक समितिको बैठकले सभा आव्हान गरेको हो ।
सभा सो दिन बिहान १० बजे आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौँमा बस्ने गरी बोलाएको हो । कम्पनीले हाल कायम चुक्तापूँजीको ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।
साथै, सभामा गत आर्थिक वर्षको वाषिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।













