१० श्रावण २०८३, आइतबार

सिटिजन्स बैंकका ग्राहकलाई नयाँ बानेश्वरमा रहेको इन्द्रेणी सुइट होटलमा विशेष छुट

सिटिजन्स बैंकका ग्राहकलाई नयाँ बानेश्वरमा रहेको इन्द्रेणी सुइट होटलमा विशेष छुट



काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नयाँ बानेश्वर काठमाडौँ स्थित इन्द्रेणी सुइट होटल बीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकले इन्द्रेणी सुइट होटलमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।