१० श्रावण २०८३, आइतबार

गुराँस लघुवित्तका सेयरधनीहरुको हात रित्तो

गुराँस लघुवित्तका सेयरधनीहरुको हात रित्तो



काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरुको हात यस वर्ष रित्तो भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनैपनि लाभांश प्रस्तवा गरेको छैन ।

कम्पनीको मंसिर १६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्ममा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

लाभांश वितरण नगर्ने निर्णयसहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारितका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकमा पेश गर्ने भएको छ ।