नबिल बैंकको साधारण सभा बस्ने मिति परिवर्तन, बुक क्लोज कहिले ?
नबिल बैंकको साधारण सभा बस्ने मिति परिवर्तन, बुक क्लोज कहिले ?
काठमाडौँ । नबिल बैंकको ३९औं वार्षिक साधारण सभा बस्ने मिति परिवर्तन भएको छ । कम्पनीले यसअघि पुष १३ गतेका लागि बोलाएको सभा एक दिन अघि सारेको हो
सभा सो दिन बिहान १० बजे आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौँमा बस्ने गरी बोलाएको हो । कम्पनीले हाल कायम चुक्तापूँजीको ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।
साथै, सभामा गत आर्थिक वर्षको वाषिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
कम्पनीले मंसिर २९ गते बुक क्लोज गर्ने भएको हुँदा मंसिर २८ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश पाउनेछन् ।













