७ श्रावण २०८३, बिहिबार

मेन्छियाम हाइड्रोपावरको साधारण सभा पुष २ गते, के–के छन् एजेण्डा ?



काठमाडौँ । मेन्छियाम हाइड्रोपावर लिमिटेडले तेस्रो वार्षिक साधारण सभा पुष २ गतेका लागि बोलाएको छ । सभा लैनचौर व्याङक्युट, लैनचौर, काठमाडौँमा साँझ ५ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ । साथै सञ्चालक समिति गठनको विषय पनि सभाका लागि तय भएको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर २४ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्