१० श्रावण २०८३, आइतबार

माविलुङ्ग इनर्जीले आइपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा

माविलुङ्ग इनर्जीले आइपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा



काठमाडौँ । माविलुङ्ग इनर्जी लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि मंसिर २१ गते वार्षिक साधारण सभा बोलाएको हो ।

सभा कम्पनीको कार्यालय कुपन्डोल ललितपुरमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।साथै, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ ।