हिमालयन रि इन्स्योरेन्सको आइपीओ बाँडफाँट, यसरि हेर्नुहोस् नतिजा
काठमाडौँ । हिमालयन रि इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र सामूहिक लगानी कोषका लागि निष्काशन गरेको आइपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले मंसिर ४ गतेदेखि १८ गतेसम्म नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि र सामूहिक लगानी कोषका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी ४५ लाख कित्ता सेयर निष्कासन गरेको थियो ।
जसमध्ये १४ म्युचुअल फण्डहरुलाई १५ लाख कित्ता बाँडफाँट गरिएको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३० लाख कित्ता बाँडफाँट गरिएको छ ।
वैदेशिक रोजगारीमा रहेका ३२ हजार ६४ आवेदनमार्फत ४३ लाख ३९ हजार १७० कित्ता शेयर माग भएको थियो। सोमध्ये ८ आवेदन रद्द भएका छन् भने ३२ हजार ५६ आवेदन स्वीकृत भएको छ। स्वीकृत सबै आवेदकहरुले न्यूनतम १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने अधिकतममा १८० कित्तासम्म सेयर पाएका हुन् ।
कम्पनीको नतिजा यसरि हेर्नसकिनेछ ।
सीडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटः iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइट: https://www.nmbcl.com.np/
मेरोसेयर एप: https://meroshare.cdsc.com.np/#/login













