अकामा होटेलले आइपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

अकामा होटेलले आइपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा



काठमाडौँ । अकामा होटेल लिमिटेडले आइपीआ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि मंसिर २७ गते साधारण सभा बोलाएको हो ।

सभा दिउँसो २ बजे कम्पनीको रजिष्टर्ड कार्यालय धुम्बाराही, काठमाडौँमा बस्ने गरी आव्हान गरेको छ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालू आव २०८०÷०८१को लागि लेखापरीक्षक नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्