विकास हाइड्रोपावरले साढे ४४ करोडको आइपीओ ल्याउदैं, बोर्डमा दियो आवेदन
काठमाडौँ । विकास हाइड्रोपावर कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन अनुमतिका लागि मंसिर १९ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले अकिंत मूल्य १०० रुपैयाँमा ४४ लाख५४ हजार ५९६ कित्ता बराबरको ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँको कारोबार भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ जारी गर्नेछ ।
कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।













