१० श्रावण २०८३, आइतबार

नेप्सेमा हिमालयन ८०–२० म्युचुअल फण्डको इकाई सूचीकृत

नेप्सेमा हिमालयन ८०–२० म्युचुअल फण्डको इकाई सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन क्यापिटलले निष्कासन गरेको हिमालयन ८०–२० नामक सामुहिक लगानी कोष योजनाको इकाई सुचिकृत भएको छ ।

फण्डको १० करोड इकाई सुचिकृत भएको हो । अब फण्डको इकाई बिहिबारबाट कारोबार गर्न सकिने छ । क्यापिटलले साउन ३२ गतेदेखि हिमालयन म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि हिमालयन ८०–२० नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्कासन गरेको थियो ।