हिमालयन रिइन्स्योरेन्सको आइपीओमा आवेदन दिने समय लम्बियो, अब कति र कहिलेसम्म भर्ने ?
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आइपीओमा आवेदन दिने म्याद लम्बिएको छ । गत मंसिर २७ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको कम्पनीको आइपीओमा आगामी पुस ११ गतेसम्म आवेदन दिन सकिनेछ ।
तर, माग बमोजिम आवेदन प्राप्त भएको खण्डमा भने सार्वजकि सूचना प्रकाशन गरि बिक्री खुला भएको चार कार्यदिनपश्चात कुनै पनि दिन बन्द हुने कम्पनीले जनाएको छ ।
कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँमा सेयर जारी गर्नेछ । कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । योमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गरिसकेको छ ।
यस्तै, २ प्रतिशत अर्थात ६ लाख कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात् १५ लाख कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँट भएको छ । बाँकी २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई आइपीओ निष्कासन गर्न लागेको हो ।
सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।













