लोअर इर्खुवा हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा
काठमाडौँ । लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएकोछ । कम्पनीले आइपीओ निष्कासन प्रस्तावसहित साधारण सभा पुष २७ गतेका लागि बोलाएको छ । सभा डेलिश ओपेरा रेष्ट्रो एन्ड ब्यांकेटमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ ।












