बिजनेश ईन्टरेष्ट ग्रुपले आइपीओ निष्कासन गर्ने
काठमाडौं । बिजनेश ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्तावसहित पुष २८गते साधारण सभा बोलाएको हो ।
सभा यति इभेन्ट्स बसुन्धरा, काठमाडौँमा दिउँसो १ बजे बस्ने गरी बोलाएको छ । साथै सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
त्यस्तै, चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत रहेको छ ।













