हिमालयन रिइन्स्योरेन्सको आइपीओमा माग भन्दा बढी पर्यो आवेदन, झण्डै ६ अर्ब संकलन - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

हिमालयन रिइन्स्योरेन्सको आइपीओमा माग भन्दा बढी पर्यो आवेदन, झण्डै ६ अर्ब संकलन



काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आइपीओमा ५ अर्ब ७८ करोड ६ लाख ४० हजार १६० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात पुष १ गते साँझ ५ः०८ बजेसम्म १४ लाख ६० हजार ११७ जना आवेदकले २ करोड ८० लाख ६१ हजार ३६० कित्ताका लागि आवेदन परेको हो ।

कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरिएको हो ।कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँमा सेयर जारी गर्नेछ । कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । योमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गरिसकेको छ ।

यस्तै, २ प्रतिशत अर्थात ६ लाख कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात् १५ लाख कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँट भएको छ । बाँकी २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई आइपीओ निष्कासन गरेको हो ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले माग बमोजिम आवेदन नपरेपछि पुष ११ गतेसम्म आवेदन दिन सकिनेछ जनाएको थियो । माग बमोजिम आवेदन प्राप्त भएको खण्डमा भने सार्वजकि सूचना प्रकाशन गरि बिक्री खुला भएको चार कार्यदिनपश्चात कुनै पनि दिन बन्द हुने कम्पनीले जनाएको छ । माग भन्दा बढी आवेदन परी सकेको हुँदा भोलिसम्म मात्र आवेदन दिन सकिनेछ ।

कम्पनीको आइपीओमा भने पुस १ गतेसम्म आवेदन दिन सकिने छ । तोकिएको सो अवधिमा सबै सेयर बिक्री नभएको खण्डमा भने पुस ११ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्