९ श्रावण २०८३, शनिबार

चुक्ता पुँजी पुर्याउन प्रभु महालक्ष्मीले १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी पुर्याउनका लागि १७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीको पुस १ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी न्युनतम ५ अर्ब रुपैयाँ तोकेको छ ।

सोही पुर्याउनका लागि कम्पनीले १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीको बैठकले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि प्राधिकरणमा सैदान्तिक स्वीकृतिको लागि लेखि पठाउने र स्वीकृति भएपछि वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने जनाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ छ । साविकको प्रभु र महालक्ष्मी लाइफ एक आपसमा गाभिएर प्रभु महालक्ष्मी लाइफ बनेको हो । हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब नाघ्ने छ ।


प्रतिक्रिया दिनुहोस्