प्राइम कमर्सियल बैंकले लाभांश नदिने
काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडका सेयरधनीहरुको हात रित्तो भएको छ । कम्पनीले यस वर्ष सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको भएको हो ।
कम्पनीको पुष ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। सोही बैठकले वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउन निर्णय पनि गरेको छ।












