छुट्नु होला है ? दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौँ । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अर्थात पुष ४ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश प्रस्तावका लागि पुष ५ गते बुक क्लोज गर्ने भएको हुँदा पुष ४ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश पाउनेछन् ।
भगवती हाइड्रोपावर डेभलपमेन्ट
कम्पनीले वार्षिक साधारण सभा पुष २४ गतेका लागि बोलाएको छ । सभा अपर्ण ब्यांक्वेट थापागाउँ काठमाडौँमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले हाल कायम चुक्ता पुँजीको १०.५२६३ प्रतिशतका दरले हुन आउने ६ करोड २ लाख १७ हजार ३३६ रुपैयाँ ८४ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, सभाले कम्पनीको संचालक समितिमा संस्थापक सेयरधनीहरुबाट ७ जना र साधारण सेयरधनीहरुबाट २ जना संचालक नियुक्त गर्ने प्रस्ताव पििारत गर्ने एजेण्डा समेत रहेको छ ।
सोल्टी होटल
कम्पनीको लाभांश पारितका लागि होटलले पुस २६ गते बिहीबार नेपाल प्रज्ञा भवन प्रक्षालय, कमलादीमा ४९औँ वार्षिक साधारण सभा बिहान १०ः३० बजे बस्ने गरी बोलाएको छ ।
कम्पनीले कायम चुक्ता पूँजीको २६.५७८ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर वितरण प्रस्ताव गरेको छ ।













