सर्वोत्तम स्टील्सले आइपीओ निष्कासन गर्ने, पुष २५ गते बोलायो एजिएम - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सर्वोत्तम स्टील्सले आइपीओ निष्कासन गर्ने, पुष २५ गते बोलायो एजिएम



काठमाडौँ । सर्वोत्तम स्टील्स लिमिटेडले वार्षिक साधारण सभा पुष २५ गतेका लागि बोलाएको छ । सभा कम्पनीको कार्यालय, तीनकुने, काठमाडौँमा बिहान साढे ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभामा आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा रहेको । साथै कम्पनीको संचालन समिति हेरफेर समेत सभाको एजेण्डा रहेको छ ।

त्यस्तै, सभाले गत आर्थिक वर्ष २०७९।८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्