भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपन रेञ्ज ?
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको १ करोड ९१ लाख २५ हजार कित्ता आइपीओ सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारण लगानीकर्ता वैदेशिक रोजगारीमा रहेका नेपाली,सामूहिक लगानी कोष,स्थायिन बासिन्दाहरु र कर्मचारीहरुमा वितरण गरेको ३८ लाख २५ हजार कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको १ करोड ५३ लाख कित्ता गरेर कुल १ करोड ९१ लाख २५ हजार कित्ता आइपीओ सूचीकृत गराएको हो ।
नेप्सेले कम्पनीको ओपन रेञ्ज न्यूनतम १२१ रुपैयाँ ७८ पैसा देखि ३६५ रुपैयाँ ३४ पैसा तोकेको छ । कम्पनीको सेयर भोलि देखि कारोबारमा आउनेछ । कम्पनीको स्टक सिम्बोल भिएलसियुएल रहेको छ ।













