चिरख्वा हाइड्रोपावरको ओपन रेञ्ज कति ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

चिरख्वा हाइड्रोपावरको ओपन रेञ्ज कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा चिरख्वा हाइड्रोपावरको ४० लाख सेयर सूचीकृत भएको छ ।

कम्पनीले सर्वसाधारण लगानीकर्ता वैदेशिक रोजगारीमा रहेका नेपाली,सामूहिक लगानी कोष, स्थानिय बान्सिदाहरु र कर्मचारीहरुमा वितरण गरेको १२ लाख कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको २८ लाख कित्ता गरेर कुल ४० लाख हजार कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।

कम्पनीको ओपन रेञ्ज न्यूनतम १०० रुपैयाँ १ पैसा देखि अधिकतम ३०० रुपैयाँ ३ पैसा तोकेको छ । कम्पनीको सेयर भोलि अर्थात बिहीवार देखि कारोबारमा आउनेछ । कम्पनीको स्टक सिम्बोल सिकेएचएल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्