लुम्बिनी केवल कारले आइपीओ निष्कासन गर्ने - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

लुम्बिनी केवल कारले आइपीओ निष्कासन गर्ने



काठमाडौँ । लुम्बिनी केवल कार लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्तावसहित पुष २८ गते वार्षिक साधारण सभा बोलाएको हो ।

सभा होटल हिमालय लाजिम्पाट, काठमाडौँमा विहान ९ बजे बस्ने गरी आव्हान गरेको हो । सभामा गत आर्थिक वर्षको नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।


प्रतिक्रिया दिनुहोस्