पिपल्स इनर्जीले आइपीओ निष्कासन गर्ने - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

पिपल्स इनर्जीले आइपीओ निष्कासन गर्ने



काठमाडौं । पिपल्स इनर्जी लिमिटेडले आइपीओले निष्कासन गर्ने छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित पुष २९ गते आफ्नो कार्यालय परिसर, नयाँ बानेश्वर, काठमाडौँमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभामा संचालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९।०८० को लेखापरीक्षण सहितको वासलात, नाफा, नोक्सान हिसाब र नगद प्रवाह लगायतको वित्तीय विवरणहरु पारित गर्ने एजेण्डा रहेको छ । साथै, चालु आर्थिक वर्ष २०८०।०८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश भएको छ ।


प्रतिक्रिया दिनुहोस्