हिमालयन रिइन्स्योरेन्सको आइपीओ कहिले हुन्छ बाँडफाँट ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

हिमालयन रिइन्स्योरेन्सको आइपीओ कहिले हुन्छ बाँडफाँट ?



काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आइपीओ अर्का साता बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले अर्का साता बुधबार वा बिहिबार तिर बाँडफाँ हुने जनाएको हो ।

कम्पनीको आइपीओमा १६ लाख ६० हजार २२ आवेदकबाट ३ करोड २२ लाख १५ हजार ७० कित्ता शेयरको लागि आवेदन परेको थियो । यसबाट कम्पनीले ६ अर्ब ६३ करोड ६३ लाख ४ हजार ४२० रुपैयाँ संकलन गरेको छ । कम्पनीले २ करोड ४९ लाख कित्ता शेयरको लागि आवेदन माग गरेको थियो । जसमा सबैले १०।१० कित्ता सेयर हात पार्नेछन् भने ५० प्रतिशतले २० कित्ता हात पार्नेछन् ।

कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरिएको थियो ।कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँमा सेयर जारी गरेको हो । कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । योमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गरिसकेको छ ।

यस्तै, २ प्रतिशत अर्थात ६ लाख कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात् १५ लाख कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँट भएको छ । बाँकी २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई आइपीओ निष्कासन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्