ह्याम्स अस्पतालले प्रिमियम मूल्यमा ११ लाख २५ हजार कित्ता आइपीओ निष्कासन गर्ने, बोर्डमा दियो निवेदन - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

ह्याम्स अस्पतालले प्रिमियम मूल्यमा ११ लाख २५ हजार कित्ता आइपीओ निष्कासन गर्ने, बोर्डमा दियो निवेदन



काठमाडौँ । हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

अस्पतालले आफ्नो जारी पूँजीको १५ रुपैयाँ प्रतिशतले हुन आउने कूल अर्थात ११ करोड २५ लाख रकम बराबरको १०० अङ्कित दरमा प्रिमियम वापत १८८ रुपैयाँ थप गरी जम्मा प्रति शेयर मूल्य २८८ रुपैयाँमा ११ लाख २५हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई विक्री गर्न लागिएकोे हो । यससँगै, ह्याम्स अस्पताल नेपालको पुँजी बजारमा पहिलो स्वास्थ्य क्षेत्रको कम्पनी बन्ने भएको छ ।

२०५४ साल मंसिर २ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई संचालित यस अस्पतालले बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय, हेटौँडाबाट इजाजतपत्र लिई १०० (एक सय) शैयाको जनरल स्वास्थ्य संस्था÷अस्पताल सञ्चालन गर्दैआइरहेको छ ।

अस्पतालले उच्च गुणस्तरीय र किफायती स्वास्थ्य शिक्षा प्रदान गर्ने उद्देश्यले संगठित संस्थाको शतप्रतिशत लगानीमा सहायक कम्पनी ह्याम्स नर्सिङ्ग कलेज २०६५ साल पुस ९ गते देखि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट स्वीकृती पत्र प्राप्त गरि ३ वर्षे प्रविणता प्रमाण पत्र नर्सिङ्ग कार्यक्रम संचालन गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्