किसान होल्डिङले आइपीओ निष्कासन गर्ने - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

किसान होल्डिङले आइपीओ निष्कासन गर्ने



काठमाडौँ । किसान होल्डिङ लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव सहित पुष २८ गते वार्षिक साधारण सभा बोलाएको हो र

सभा कामनपा वडा नं १ स्थित हेरिटेज प्लाजामा दिउँसो १ बजे बस्ने गरी आव्हान गरेको छ ।

सभामा संचालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९।०८० को लेखापरीक्षण सहितको वासलात, नाफा, नोक्सान हिसाब र नगद प्रवाह लगायतको वित्तीय विवरणहरु पारित गर्ने एजेण्डा रहेको छ । साथै, चालु आर्थिक वर्ष २०८०।०८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश भएको छ ।


प्रतिक्रिया दिनुहोस्