यसरी हेर्नुहोस् हिमालयन रि इन्स्योरेन्सको आइपीओ नतिजा - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

यसरी हेर्नुहोस् हिमालयन रि इन्स्योरेन्सको आइपीओ नतिजा



काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको आइपीओमा १५ लाख ६४ हजार ५६४ जनाको आवेदन स्वीकृत भएको थियो । कुल आवेदन भने १५ लाख ७३ हजार २१९ जनाले दिएका थिए । यीमध्ये ८ हजार ६५५ आवेदन रद्द भएको कम्पनीले जनाएको छ ।

कम्पनीमा आइपीओ आवेदन दिएर स्वीकृत भएका सबै आवेदकले १० कित्तादेखि ४० कित्तासम्म सेयर हात पारेका छन् । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार ३० कित्तासम्म आवेदन दिएका सबैले सेयर प्राप्त गरेका हुन् । ३० कित्ताभन्दा बढी आवेदन दिने २९ हजार २१ जनाले भने थप १० कित्ता सेयर पाएका छन् ।

कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरिएको थियो ।

कम्पनीको नतिजा यसरि हेर्नसकिनेछ ।

सीडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटः  iporesult.cdsc.com.np/ 

बिक्री प्रबन्धकको वेबसाइट: https://www.nmbcl.com.np/

मेरोसेयर एप: https://meroshare.cdsc.com.np/#/login


प्रतिक्रिया दिनुहोस्