निर्जीवन बीमा व्यापार: व्यवसाय वृद्धिदरमा प्रभु, हिमालयन एभरेष्ट र नेशनल अगाडि, कुनको प्रिमियम कलेक्सन कति ?
काठमाडौं । व्यवसाय वृद्धिमा प्रभु इन्स्योरेन्स, हिमालयन एभरेष्ट र नेशनल इन्स्योरेन्स कम्पनी अगाडी देखिएका छन् । यी तीन वटा कम्पनीले व्यवसाय वृद्धिदर २० प्रतिशतभन्दा माथि देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मङ्सिर मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
चालु आवको पाँच महिनामा हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूले १५ अर्ब ७२ करोड १० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। तर, गत वर्षको सोही अवधिको तुलनामा भने सामान्य १.६१ प्रतिशतले कमी हो । गत आवको मङ्सिरसम्म पनि कम्पनीहरूले १५ अर्ब ९७ करोड ८४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।
चालु आवको पाँच महिनामा अधिकांश कम्पनीहरूको व्यवसाय बढेको छ । तर, पाँच वटाको भने अघिल्लो वर्षको मङ्सिरसम्मको तुलनामा घटेको छ। हाल १४ वटा निर्जीवन बीमा कम्पनीहरू सञ्चालनमा छन् । तीमध्ये प्रभु, हिमालयन, नेशनल र ओरिण्टल इन्स्योरेन्स व्यवसाय वृद्धिदरको आधारमा शीर्ष सूचीमा छन् ।
गत आवको मङ्सिरको तुलनामा प्रभु इन्स्योरेन्सले बीमा शुल्क आर्जन ३९.०९ प्रतिशतले बढाएर ८४ करोड १४ लाख रुपैयाँ पुर्याएको छ । दोस्रो स्थानमा रहेको हिमालयन एभरेष्टले पनि आफ्नो व्यवसाय २६.५६ प्रतिशतले बढाएर १ अर्ब ३९ करोड ५३ लाख रुपैयाँ पुर्याएको छ ।
यता, नेशनल र ओरिण्टलले पनि आफ्नो व्यवसाय वृद्धिदर २३ प्रतिशत हाराहारीमा बढाएका छन् । समीक्षा अवधिमा नेशनलको बीमा शुल्क आर्जन २३.७८ प्रतिशतले बढेर ५१ करोड १९ लाख र ओरिण्टलको २३.३३ प्रतिशतले बढेर ७२ करोड ७१ लाख रुपैयाँ कायम भएको छ ।
यस्तै, गत आवको मङ्सिरसम्मको तुलनामा सानिमा जिआईसीको बीमा शुल्क आर्जन १६.५३ प्रतिशत, एनएलजीको ८.३५ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ६.९७ प्रतिशत, नेकोको ४.२६ प्रतिशत र शिखरको २.४१ प्रतिशतले बढेको छ ।
रकमका आधारमा सबैभन्दा धेरै व्यवसाय सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गरेको छ । तर, गत आवको मङ्सिरसम्मको तुलनामा भने ४.४३ प्रतिशतले घटेको हो । समीक्षा अवधिमा कम्पनीले १ अर्ब ९९ करोड ९७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
दोस्रो धेरै प्रिमियम कलेक्सन गरेको सिद्धार्थ प्रिमियरको पनि करिब १९ प्रतिशतले घटेको देखिन्छ । चालु आवको मङ्सिरमा कम्पनीले १ अर्ब ६५ करोड १९ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेको हो ।
यस्तै, युनाईटेड अजोडको प्रिमियम कलेक्सन १४.६ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ५३.५५ प्रतिशत, नेपाल इन्स्योरेन्सको ६.८८ प्रतिशतले गिरावट देखिएको छ ।
कुन कम्पनीको प्रिमियम कलेक्सन कति ?














