हिमालयन रिइन्स्योरेन्सको आइपीओले कति पाउँछ होला त ओपन रेञ्ज ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

हिमालयन रिइन्स्योरेन्सको आइपीओले कति पाउँछ होला त ओपन रेञ्ज ?



काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आइपीओले ओपन रेञ्ज अधिकतम ३०९ रुपैयाँ २१ पैसा पाउने भएको छ । आइपीओले न्यूनतम १०३ रुपैयाँ ७ पैसा देखि ३०९ रुपैयाँ २१ पैसासम्मको ओपन रेञ्ज पाउने देखिएको हो ।

कम्पनीको आर्थिक वर्ष २०७८÷७९ को वास्तविक प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ७ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीको आईपीओ ४० कित्ता देखि १० कित्तासम्म बाँडफाँट गरिएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि मङ्सिर २७ देखि पुष २ गतेसम्म आईपीओ विक्री गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्