छुट्ला है घलेम्दी हाइड्रोपावरको हकप्रद सेयर, आवेदन दिने आज अन्तिम मौका - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

छुट्ला है घलेम्दी हाइड्रोपावरको हकप्रद सेयर, आवेदन दिने आज अन्तिम मौका



काठमाडौँ । घलेम्दी हाइड्रोपावरले निष्कासन गरेको २०० प्रतिशत हकप्रद सेयरमा आज अर्थात् पुस १६ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले १:२ अनुपातमा १ करोड १० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब १० करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेको छ । हकप्रदका लागि कात्तिक ३ गते बुक क्लोज गरेको हुँदा कात्तिक २ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । हकप्रदमा मुक्तिनाथ क्यापिटल र घलेम्दी हाइड्रोपावरको कार्यलयबाट आवेदन दिन सकिन्छ ।

त्यस्तै, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र प्रभु बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्