एक साता भित्रै हिमालयन रिइन्स्योरेन्सको सेयर डिम्याट खातामा जम्मा
काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सको सेयर डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको आइपीओ बाँडफाँट भएको एक साता भित्र सेयर डिम्याट खातामा आएको हो ।
अब उक्त सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भए पश्चात कारोबार गर्ने मिल्नेछ । कम्पनीको आइपीओ १० कित्ता देखि ३० कित्तासम्म आवेदन दिनेले माग अनुसार कै शेयर पाएका छन् । ३० कित्ता भन्दा माथिको लागि आवेदन दिनेलाई गोलाप्रथामा सहभागी गराएर बाँडफाँट गरिएको छ । जसमा थप २९ हजार २१ जनाले १० कित्ता सेयर गरी कुल ४० कित्ता पाएका हुन् ।
कम्पनीको आइपीओले न्यूनतम १०३ रुपैयाँ ७ पैसा देखि ३०९ रुपैयाँ २१ पैसासम्मको ओपन रेञ्ज पाउने देखिएको हो । कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वास्तविक प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ७ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो ।













