९ श्रावण २०८३, शनिबार

सानिमा जीआइसीको १३ लाख २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, बिक्री सेयर भाउ कति ?



काठमाडौं । सानिमा जीआइसी इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको १३ लाख २३ हजार ३९७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । सो सेयरको बिक्री मूल्य भने बिक्रेताले तोके बमोजिम हुने कमपनीले जनएको छ ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजैका मितिले (पुस १९ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

तोकिएको उक्त अवधिमा संस्थापक सेयरधनीले सेयर खरिदका लागि आवेदन नदिएको खण्डमा भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्