रिलायन्स स्पिलिङ मिल्सले बुक बिल्डिङ विधि मार्फत आइपीओ निष्कासन गर्ने, बोर्डले दियो अनुमति - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

रिलायन्स स्पिलिङ मिल्सले बुक बिल्डिङ विधि मार्फत आइपीओ निष्कासन गर्ने, बोर्डले दियो अनुमति



काठमाडौँ । रिलायन्स स्पिलिङ मिल्स लिमिटेडले बुक बिल्डिङ विधि मार्फत आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएको हो ।

कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई सेयर बोलकबोल खुला गर्नेछ । यसले ७ लाख ७० हजार ६४० कित्ता सेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बोलकबोल मार्फत बिक्री गर्न अनुमति पाएको हो । बोलकबोलमा प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म बिक्री मूल्य सीमा कायम भएको छ ।

कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्